काठमाडौँ- नेपाल चलचित्र संघ र नेपाल चलचित्र निमार्ता संघबिच ब्यावसायिक विषयहरुलाइ लिएर दुवै संघले कार्यदल गठन गरि वार्ता र छलफलको क्रममा रहेको र वार्ता सकारात्मक माननिय सञ्चार तथा सुचना प्रविधि मन्त्री समक्ष बुझाइएको ज्ञापन -पत्रका केहि बुदाहरुमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल चलचित्र संघ र नेपाल निर्माता संघ ब्यावसायिक संघ हुन र आ-आफ्नो संघका सदस्यहरुको व्यवसायिक हितका लागि स्थापित संस्था हो ।
तसर्थ एकआपसको व्यावसायिक तालमेलको लागि दुवै संघले कार्यदल गठन गरि छलफलको क्रममा रहदै सकारात्मक निष्कर्षको बिन्दुमा पुग्ने अवस्थामा रहेको बखत नेपाल चलचित्र निर्माता संघले नेपाल चलचित्र संघका सदस्यहरुलाई विदेशी मुद्रा अपचलन गर्ने, राज्य कोष दोहन गर्ने हुन्डि कारोबारलाइ प्रोत्साहन दिनेका साथै अपराधिक कार्यमा संलग्न रहेको जस्तो गम्भीर, आपत्तिजनक, भ्रमपुर्ण र व्यावसायिक नैतिकता विरुद्धको आरोप लगाई सञ्चार तथा सुचना प्रविधि मन्त्री समक्ष ज्ञापन-पत्र बुझाएकोमा यस संघको घोर आपत्ति रहेको छ । र सो आरोप खारेज गर्दै खेद प्रकट गरेको जानकारी गराएको छ ।
नेपाल चलचित्र निर्माता संघको कार्यसमितिबाट एक हप्ता भित्र आफ्नो धारणा सार्वजनिक गर्न आग्रह समेत गरेको छ । सो समयसम्म सम्पूण वार्ता तथा छलफल स्थिगित गरिएको र एक हप्ता भित्र नेपाल चलचित्र संघमा स्पष्ट धारणा नआएमा सो मितिबाट कार्यदल भङ्ग गर्दै नेपाल चलचित्त संघको वर्तमान नेतृत्व रहदासम्म नेपालसम्म नेपाल चलचित्र निर्माता संघसंग कुनैपनि सहकार्य, छलफल र वार्ता समेत नगर्ने नेपाल संघ कार्य समितीको बैठकले निर्णय गरेको छ ।
साथै नेपाल चलचित्र संघका सदस्यहरुलाई कपोलकल्पित र आपत्तिजनक आरोप सहितको ज्ञापनपत्र वाचन गरि सञ्चार तथा सुचना मन्त्री समक्ष प्रस्तुत गर्दा उपस्थित चलचित्र विकास बोर्डका अध्यक्ष भुवन के.सि र नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिती सदस्य आकाश अधिकारीबाट कुनै प्रतिक्रिया नआउँदा नेपाल चलचित्र संघ स्तब्द भएको पनि जानकारी गराएको छ ।
प्रतिक्रिया