भन्सार छुट तथा निशुल्क दर्ता गर्न पाउने व्यवस्था मिलाउन मोबाइल बितरण संघको सरकारसँग आग्रह

बुधबार, २५ माघ २०७९, १४ : ५९

काठमाडौँ- नेपाल मोबाइल बितरण संघले विदेशमा रहेका नेपाली नागरिकलाइ  भन्सार छुट तथा निशुल्क दर्ता गर्न पाउने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

अहिले मानव जिवनमा गासँ, बास, कपास पछिको अति महत्वपूर्ण बस्तु मोबाइल भइसकेको छ । उमेर, वर्ग र पेशा अनुसारका व्यक्तीहरुले अति आवश्यकीय विषयको रुपमा आफनो आफ्नो तरिकाले मोबाइल फोनको प्रयोग गर्दै आएका छन् ।

 नेपालमा बार्षिक ३८ अर्ब देखी ४० अर्ब रुपैयाँको मोबाइल फोनको बैधानिक रुपमा आयात तथा कारेबार भइरहेको छ । भने झण्डै १४ अर्ब बराबरको अवैधानिक वा भन्सार नतिरी विभिन्न तवरबाट भित्राइएका फेनहरुको कारोबार भएको देखिन्छ ।

 संघले यसरी अवैध रुपमा भित्रिएको फोनको कारेबारले राज्यले झण्डै २ अर्बको हाराहारिमा राजस्व गुमाइरहेको र यसरी भित्रिने फोनहरु रिफबिर्स, डुप्लिकेट तथा चोरिको फोन समेत पर्ने हुदा भोलि बिक्री पछि वारेन्टि नहुने, पार्टस नपाउने तथा चिरिकोफोनले कानुनी इमेल समेत आउसक्ने हुदा उपभोक्ता ठगिदै आएको जानकारी गराएको छ । 

(MDMS)  प्रणालि विदेशबाट भित्रिएको फोनको रेकर्ड राख्ने प्रणालि हुनाले वैदेशिक तथा अन्य शिलशिलामा गएका नेपालिले ल्याउने तथा पठाउने फोनमा(MDMS) system लागु गर्नु पर्ने कुरामा संघले जोड दिएको छ । 

बुधबार, २५ माघ २०७९, १४ : ५९

प्रतिक्रिया