नेपाली सेनाको महत्त्वपूर्ण अभियान

विहीबार, २६ माघ २०७९, १२ : ४५

काठमाडौँ  - जैविक विविधता, प्रकृती  तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाले सफा हिमाल अभियान २०२३ संचालन गर्न गईरहेको छ ।

 सो अभियान अन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथा सहित अन्य  हिमालहरु (अन्न्पूर्ण र लोत्से) को सफाई गर्ने उद्देश्य रहेको छ । सूर्य नेपाल प्रालिले सो अभियानमा नेपाली सेना र गैर सरकारी संस्था सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट, नेपालसँग साझेदारी गरी आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत  १ करोड १० लाख उक्त अभियान सम्पन्न गर्न सहयोग गर्ने भएको छ ।

एक कार्यक्रमकाबीच नेपाली सेना, सुर्य नेपाल प्रालि र सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट, नेपाल बिच सफा हिमाल अभियान २०२३ लाई सहयोग गर्ने सम्बन्धमा त्रीपक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुन्दर कुमार पान्डे, प्रमुख सेनानी किसोर अधिकारी, सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट, नेपालका आनन्द मिश्रा, सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रवी के रायवरम र प्रवन्धक प्रेम नारायण अर्यालको सहभागिता रहेको थियो । 

विहीबार, २६ माघ २०७९, १२ : ४५

प्रतिक्रिया