बीमित संघको एक नयाँ माग

आइतबार, २९ माघ २०७९, १८ : ४०

 काठमाडौँ - बीमितको हकहितको लागि बनेको नेपाल बीमित हित संरक्षण संघले बीमितलाई १० प्रतिशत शेयर छुट्याउनुपर्ने माग गरेका छन् ।

संघले हाल जारी बीमा ऐन २०७९ को प्रावधान अनुसार राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा दर्ता गर्नुपर्ने व्यवस्था भएको सो कार्यको लागि पब्लिक लिमिटेड कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा निम्न कुराहरु समावेश गर्न संस्थानलाई आग्रह गरेको हो ।

संघले बीमितलाई शेयर छुटाउन माग गर्दै तिन बुँदे स्पष्टीकरण समेत पेश गरेको छ।

१०  बीमितलाई १०५ शेयरको व्यवस्था हुनुपर्नेः त्यसका लागि प्रथम चरणमा कूल चुक्ता पूँजीको ५ र पाँच वर्षपछि दोश्रो चरणमा तोकिएको मिति पछिका बीमितलाई कूल चुक्ता पूँजीको ५५ थप गरी बीमितलाई जम्मा १०५ शेयरको व्यवस्था गर्नुपर्ने ।

 

२. बीमितलाई शेयर दिँदा संस्थालाई हुने फाइदा
क)व्यवसाय वृद्धि हुने
ख) सरकारको राजस्व वृद्धि हुने
ग) बीमाको दायरा फराकिलो हुने ।

३. अभ्यासहरु

क) कर्मचारी संचयकोषले आफ्ना बचतकर्तालाई अपर तामाकोशीको शेयर दिएको
ख) एल.आई.सी. इन्डीयाले बीमितलाई १०५ शेयर छुट्टाएको
ग) नेपाल टेलिकमले ग्राहकहरुलाई शेयरको प्रस्ताव गरेको
घ) कृषि विकास बैंकले ऋणीलाई शेयरको व्यवस्था गरेको
ङ) स्टेक होल्डरको रुपमा स्थानीय बासिन्दालाई जलविद्युतको शेयर व्यवस्थाव

आइतबार, २९ माघ २०७९, १८ : ४०

प्रतिक्रिया