राष्ट्र बैंक सेयर बजार प्रति नकारात्मक छैन : गभर्नर

सोमबार, ०१ फागुन २०७९, ०९ : १३

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैक सेयर बजार प्रति नकारात्मक नभएको बताए ।

 उनकाअनुसार राष्ट्र बैक सेयर बजार प्रतिनकारात्मक हुने कुनै कुरा छैन।  सेयर बजार नियमनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) रहेको छ । राष्ट्र बैंकले बैक तथा वित्तिय संस्थालाई नियमन गर्ने हो । 

बाफियामापर्ने संस्थाहरुलाई नियमन गर्ने हो । त्यस्ता संस्थामा नियम गर्दा कुनै कुनै किसिमले असर परेको होला उनले भने, हामीले पुँजीबजारलाइ असर पुर्याउनु हुदैन ।

त्यसै गरि विदेशीको मुद्राको संचितीमाचाप पर्दा केहि वस्तुमा आयात प्रतिबन्ध लगाइएको र अहिले उक्त प्रतिबन्ध हटिसकेको बताए। उनका अनुसार उक्त प्रतिबन्ध सीमित समयका लागि थियो।  ‘त्यसै गरि अहिले एलसीको मार्जिन बैंकलाई नै छाडिएको छ,’ उनले भने।    

सोमबार, ०१ फागुन २०७९, ०९ : १३

प्रतिक्रिया