टोम्पो चलाएर परिवार पाल्दै आएकी डोल्मा

सोमबार, ०१ फागुन २०७९, ११ : ४२

काठमाडौँ - ताप्लेजुङकी डोल्मा शेर्पा काठमाडौँ छिरेको १० वर्ष भयो । अभावै अभावले गाउँमा टिक्न नसकेपछि काठमाडौँ छिरेकी शेर्पा काठमाडौँको बङ्गलामुखीमा बस्छिन् । गाउँमा साहुको ऋण तिर्न नसकेपछि काठमाडौँ पसेकी शेर्पा जीविका चलाउन साहुको टेम्पो चलाउँछिन् ।

चार जनाको परिवार रहेको बताउने उनी महिनाको १८ हजार कमाउँछिन् । दैनिक ४६ सय साहुलाई बुझाउँछिन् र बाँकी उब्रिएको पैसा उनको हातमा पर्छ । ।यसरी दैनिक काम गर्दा कहिले काहीँ राम्रै पैसा हात पर्ने उनी बताउँछिन् । कमाई भएको महिना १८ हजार तलब सहित बाँकी उब्रिएको पैसाले झन्डै ३० हजार पुग्ने गरेको उनी बत्ताउँछिन् । 

आफूले नयाँ टेम्पो किन्न नसकेपछि साहुको टेम्पो चलाएकी शेर्पा टेम्पो बनाउनमै धेरै खर्च हुने गरेको बताउँछिन् । ‘बरु साहुको टेम्पो चलायो आनन्द हुन्छ’,उनले भनिन् । उनी टेम्पोबाटै आएको आम्दानीबाट आफ्नो घर चलेको बत्ताउँछिन् । साहुको ऋणको ब्याज र खान लाउन ठिक्क भएको उनले बताइन् । उनी काम गर्न नसक्ने भएपछि के गर्ने भन्ने चिन्ता लागेको बत्ताउँछिन् ।

डोल्माको जेठो छोरो सुवास अहिले कक्षा ११ मा पढ्छ । डोल्मा अब सुवासले कक्षा १२ पास गरेपछि विदेश पठाउने सोच आएको बत्ताउँछिन् । ‘जेठो छोरो अहिले ११ मा पढ्छ १२ पास गरेपछि विदेश पठाऊ कि भन्ने सोच आएको छ’,उनले भनिन् ।

                                                                                                      शोभा धिताल

सोमबार, ०१ फागुन २०७९, ११ : ४२

प्रतिक्रिया