आफ्नै माटोमा तरकारी खेति गर्दै आएका सन्तबहादुर

बुधबार, ०३ फागुन २०७९, ११ : २९

काठमाडौँ-  सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकामा बसोबास गर्दै आइरहेका सन्तबहादुर माझीको आजभोलिको दैनिकी खेतीवारिमा बित्ने गर्छ । 

सात वर्षौँदेखि वैदेशीक जिवन बिताइरहेकोभारतको तातो घाममा जीवन गुजारेका उनी नेपाल फर्किएसँगै कृषि पेसामा आकर्षित भएका हुन् । 

आर्थिक स्थितिले परिवार पाल्नै धौ-धौ भएपछि वैदेशीक रोजगारीको लागि भारत पसेका उनी अहिले गाउँमै कृषि गरिरहेका छन् । झन्डै तीस रोपनी जग्गामा काउली,आलु,गोलभेँडा जस्ता तरकारीको खेती गर्दै आइरहेका उनी आफ्नै गाउँमै खुसी रहेको बताउँछन् । ‘भारतको ताता घाममा पसिना बगाउनु भन्दा गाउँको माटोमा पसिना बगाउनु निकै फरक हुँदो रहेछ’,उनले भने । 

नेपाल फर्किएपछि सानो क्षेत्रफलमा तरकारी खेती सुरुवात गरेका उनले अहिले झन्डै तीस रोपनी जग्गामा तरकारी खेती गरिरहेका छन् । मासिक एक लाखसम्म कमाउने गरेको बताउने माझीले अब गाउँ छाडेर कतै नजाने सुनाए । ‘गर्‍यो भने महिनामा एक लाखसम्म कमाइन्छ । अब विदेश किन जानु गाउँमै बस्छु काम गर्छु’,उनले भने । उनी अब तरकारी खेतीबाहेक गाई पालन गर्ने तयारी गरिरहेको बताउँछन् । ‘व्यवसाय यसरी नै गयो भने अब २० वटा जति गाई पालौँ कि भन्ने सोच आएको छ’,उनले सुनाए । 


भारतमा ७ वर्ष पसिना बगाएका माझी गाउँमा पसिना बगाउनुमा मक्ख देखिन्छन् । उनले अहिले ५ जनालाई रोजगारी समेत दिएका छन् ।

                                                                                                                                                                                                                                   -नीशा ढकाल

बुधबार, ०३ फागुन २०७९, ११ : २९

प्रतिक्रिया