चीन र वङगलादेशसंग पिटए गर्ने उर्जामन्त्रीको घोषणा

६ बर्ष अगाडि

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।  थाइल्यान्डको बैंककमा आयोजित दोस्रो एसिया तथा प्रशान्त क्षेत्रीय इनर्जी फोरमलाई सम्बोधन गर्दै मन्त्री पुनले नेपालमा स्थायित्व र विकासको युग सुरु भएको भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । 
 उनले विगतको तुलनामा ऊर्जा तथा जलविद्युत विकासमा उल्लेख्य सुधार भएको दावी समेत गरेका छन् । 
कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पुनले चीन र बंगलादेशसंग द्विपक्षीय विद्युत व्यापार तथा समन्वय प्रक्रिया सुरु भएको जानकारी दिए । 
उनले भारतसंग विद्युत व्यापार सम्झौता (पिटिए) भइसकेको जानकारी दिंदै अव वंङगलादेश र चीनसंग पनि छिट्टै उक्त सम्झौता गर्ने घोषणा गरे । 
  मन्त्री पुनले उर्जा तथा विद्युतको क्षेत्रमा चीनसहित सार्क र विमस्टेक स्तरमा क्षेत्रीय सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।  

कार्यक्रममा मन्त्री पुनले क्षेत्रीय सम्बन्ध विस्तार, आर्थिक विकास र विद्युत उत्पादन विस्तार गर्न आवश्यक रहेको बताएका थिए । 
‘हामीले भारतसंग पिटिए सम्झौता गरिसकेका छौ, अव चीन र बंगलादेशसंग पनि हामी पिटिए गर्ने तयारीमा छौ, यसबाछ  क्षेत्रीय विकासमा योगदान पुग्ने विश्वास हामीले लिएका छौं । ’ मन्त्री पुनले भने ।  
उनले दिगो र गुणस्तरीय विद्युत विकास गर्न क्षेत्रीय सदस्यबीच सम्बन्ध बलियो हुनुपर्ने धारणा समेत कार्यक्रममा राखेका थिए ।
मन्त्री पुनले नविकरणीय उर्जालाई प्रवद्र्धन गर्ने सरकारको निती  भएको बताए ।   वैदेशिक लगानीको सुरक्षामा सरकारले ध्यान दिएको भन्दै उर्जा क्षेत्रमा लगानी गर्न समेत उनले आग्रह गरेका छन् ।
सदस्य राष्ट्रहरुको घनिष्ट सम्बन्धमा जोड दिंदै उर्जामन्त्री पुनले विद्युतलाई आर्थिक विकाससंग जोड्न पनि सदस्य राष्ट्रबीच अन्तर–आवद्धता आवश्यक रहेको बताए । 

 

 

६ बर्ष अगाडि

प्रतिक्रिया