स्वास्थ्य संस्थाहरूको अर्धवार्षिक समीक्षा सुरु

शनिबार, ०६ फागुन २०७९, १७ : २०

काठमाडौँ - सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले गाउँपालिकाभरिका सबै स्वास्थ्य संस्थाको अर्धवार्षिक समीक्षा सुरु गरेको छ। स्वास्थ्य संस्थाद्वारा साउनदेखि पुससम्म भए गरेका गतिविधिको लेखाजोखा गर्न उक्त समीक्षा कार्यक्रम सुरु गरिएको हो।

स्वास्थ्य शाखाका प्रमुख नरबहादुुर भण्डारीले स्वास्थ्य संस्थाहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम शनिबार सुुरु भएको बताए। सिमकोट गाउँपालिकामा स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई र आधारभुत स्वास्थ्य इकाई गरी १३ वटा स्वास्थ्य संस्था छन्।

उनले कार्यक्रममा प्रत्येक स्वास्थ्य संस्थाबाट ६ महिनामा सम्पादन भएका क्रियाकलाप, उपरकण, जनशक्ति, भौतिक अवस्था आदिबारे समीक्षा सुरु भएको बताए। सो कार्यक्रममा प्रत्येक स्वास्थ्य संस्थाले पालैपालो आफ्नो प्रगति बिबरण कार्यक्रममा प्रस्तुुत गरिरहेका छन्। दुुई दिनसम्म सञ्चालन हुने अर्धबार्षिक समीक्षा कार्यक्रममा समस्या, समाधानका उपाय र नवीन रुपमा गरिएका कार्यक्रमसमेत प्रस्तुुत भइरहेका छन्।

कार्यक्रममा गाउँपालिकाले आफ्नो समग्र प्रस्तुुति र जिल्ला अस्पतालले पनि आफ्नो प्रगति विवरण प्रस्तुुत गर्ने कार्यक्रम छ। समीक्षा कार्यक्रमको उद्घाटन सत्रमा गाउँपालिका का।वा अध्यक्ष नन्द रावत, निमित्त प्रमुख प्रशासकीय अधिकृत ममता महत, स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुुख प्रेमबहादुुर सिंहलगायत सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी सहभागी छन्। अर्धवार्षिक समीक्षा कार्यक्रमबाट स्वास्थ्य संस्थाका सेवा प्रवाहमा थप टेवा मिल्ने विश्वास शाखाले गरेको छ।

शनिबार, ०६ फागुन २०७९, १७ : २०

प्रतिक्रिया