गोपी मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ लोकार्पण

१ बर्ष अगाडि

काठमाडौँ- नेपाल सरकारका पूर्वसचिव, समालोचक तथा निबन्धकार गोपी मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ कृतिको लोकार्पण गरिएको छ ।

आइतबार राजधानीमा एक समारोहबीच कुटनीतिज्ञ एवं भाषाविद् जयराज आचार्यले समालोचनात्मक कृतिको लोकार्पण गरेका हुन् ।

प्रकाशक सुरभि साहित्य प्रतिष्ठानले आयोजना गरेको लोकार्पण समारोहमा समालोचक डा। लेखप्रसाद निरौला र ठाकुर शर्माले २ सय ६० पृष्ठ लामोको कृतिको समीक्षा गरेका थिए । 

कृतिमा ३२ वटा समालोचना संग्रहित छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा, बीपी कोइराला, गुरुप्रसाद मैनाली, माधवप्रसाद घिमिरे, पारिजात, रमेश विकल, हरिभक्त कटुवालसम्मको सिर्जनाको समालोचना लेखक मैनालीले गरेका हुन् ।

समारोहमा कूटनीतिज्ञ एवं भाषाविद् जयराज आचार्य, पूर्वमुख्यसचिव विमल कोइराला, डा। गार्गी शर्मा लगायतले लेखक मैनाली र कृतिबारे चर्चा गरेका थिए ।

लेखक मैनालीले आफूले साहित्यिक समालोचनाको शुरूआत एसएलसी पास गरेपछि नै गरेको स्मरण गरे ।

‘अभिव्यञ्जना यात्राप्रति’ प्रकाशन गर्ने निधो झण्डै चार दशकअघि नै गरेको उनले बताए ।

२०४० देखि २०७९ सालसम्म लेखिएका समालोचनाहरू कृतिमा समावेश गरेको उनले जानकारी दिए ।

मैनालीका, अवसादु, अभिनयी, (निबन्धसंग्रह),आँखाभरि रमिता, मनभरी वेदना, (नियात्रा),युगकवि सिद्धिचरणस् कृति र प्रवृत्ति विश्लेषणु (समालोचना),'अपेक्षा र अनुभूतिु (सामयिक निबन्ध),"घाउ आफैलाई दुख्छु (निबन्धसंग्रह) लगायत कृतिहरू यसअघि प्रकाशित छन् ।
 

१ बर्ष अगाडि

प्रतिक्रिया