काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
मौसमविद्काअनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
सोमबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि देशका बाँकी भूभागहरूमा आंशिक बदली हुनेछ ।
प्रदेश नं १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । मंगलबार प्रदेश नं १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भूभागहरूमा आंशिक बदली हुनेछ।
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । बुधबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भूभागहरूमा आंशिक बदली हुने मौसमविद्ले जनाएको छ ।
प्रदेश नं १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।
प्रतिक्रिया