काठमाडौं - राष्ट्रपति निर्वाचनका लागि आज दिउँसो १ बजे संघीय संसदमा मतदान अधिकृत कार्यालयको स्थापना गर्न लागिएको हो । कार्यालय उदघाटन कार्यक्रममा निर्वाचन आयोगका पदाधिकारीहरूको उपस्थिति रहनेछ ।
यही फागुन २५ गते हुने निर्वाचनका मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल नियुक्त भइसकेका छन् । मतदान स्थल नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरलाई तोकिएको छ । आयोगले जारी गरेको कार्यतालिका अनुसार बुधबार १० गते मतदाताको नामावली सार्वजनिक गर्ने तयारी छ ।
प्रतिक्रिया