दुर्गा प्रसाईले थाले नयां अभियान

मंगलबार, ०९ फागुन २०७९, १४ : २५

काठमाडौं - दुःख दिने बैंक, लघुवित्त र सहकारीका म्यानेजरहरू माथि कालोमोसो लगाउने अभियानको घोषणा गरेर चर्चामा रहेका दुर्गा प्रसाईले अर्को चर्चित अभियानको थालनी गरेका छन् । उनले अब कालो मोसो अगाउनेअभियान स्थगित गरेर बैंकर ज्ञानेन्द्र ढुंगानाको सालिक निर्माण गरिरहेको जानकारी दिएका छन् ।

आर्थिक मिडिया सञ्जालक संघ (इमान) सँगको अन्तरक्रियामा मंगलबार बिहान प्रसाईले अभियान घोषणाको समयमा त्यस्ता कुरा भनिएको भए पनि कसैमाथि पनि भौतिक आक्रमण नगरिने जानकारी दिए । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाको सहयोगले आफूअहिलेको अवस्थामा रहेको भन्दै बैंकर ज्ञानेन्द्र ढुंगानाको सालिक ९मुर्ती० बनाइरहेको नयाँ खुलासा समेत गरे । ढुंगानाको सालिक भारतको राजस्थानमा बनिरहेको र झापामा राखिने पनि बताए ।

उनले राम्रो काम गर्नेको प्रशंशा गर्ने गरेको बताउँदै नियतवश राति राति फोन गर्ने र तनाव दिनेहरू माथि भने सम्बन्धित व्यक्तिहरूले नै फरक खालको कारबाही गर्न सक्ने बताए । नेकपा एमाले छाडेको घोषणापछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै उनले र नागरिक र राष्ट्रबचाउने आफ्नो मुल अभियान भएको जानकारी दिए ।

उनले गलत गर्नेमाथि कारबाही हुने भए पनि गलत नगर्नेहरू डराउनु नपर्ने बताए । काठमाडौँको पेरिसडाँडामा रहेको महाअभियानको कार्यालयमा उनले बैंक, लिघुबित्त र सहकारीले पीडित बनाएर मर्न बाध्य पारिएकाहरूको आवाज पनि बोलिदिन सञ्चार माध्यमलाई आग्रह गरे ।

मंगलबार, ०९ फागुन २०७९, १४ : २५

प्रतिक्रिया