पुरानो बसपार्कका भ्यु टावर ठेकेदार भेटवाल पक्राउ

विहीबार, ११ फागुन २०७९, ०९ : २२

काठमाडौं - पुरानो बसापार्कमा काठमाडौं भ्युटावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन्। 


जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालकसमेत रहेका भेटुवाललाइ बैंकिङ कसुरको आरोपमा बुधबार पक्राउ गरेको हो।


काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार उनी बिरुद्ध बैंकिङ कसुरको उजुरी परे पछि पक्राउ गरिएको पुष्टी गरे । भेटवालविरूद्ध करिब ३ करोडको बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको थियो।

उनको जलेश्वर स्वेछन्द विक्वोइ विल्डर्स कम्पनीले पुरानो बसपार्कमा भ्यु टावर बनाउने ठेक्का पाएको थियो।

उनी यसअघि पनि पक्राउ परेका थिए । 

विहीबार, ११ फागुन २०७९, ०९ : २२

प्रतिक्रिया