सरकारले आफ्नो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिसक्यो :अध्यक्ष ओली

विहीबार, ११ फागुन २०७९, १३ : ४६

काठमाडौँ-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विदेशी मुद्रा सञ्चितिमा सुधार, विप्रेषणमा वृद्धि एवं अनावश्यक खर्च कटौती जस्ता सुधारका कदमले सङ्कटग्रस्त अर्थतन्त्रका क्षेत्रमा सकारात्मक सुधार देखिएको बताएका छन्।

 आज (बिहीबार) आफ्नै जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै ओलीले उनले यस्तो बताएका हुन्।  


ओलीका अनुसार सरकारले आफ्नो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिसकेको छ। र, यसकारण पुँजी बजारमा सकारात्मक प्रभाव देखिएको छ ।

अध्यक्ष ओलीले भने,“विदेशी मुद्रा सञ्चितिमा सुधार, विप्रेषणमा वृद्धि एवं अनावश्यक खर्च कटौती जस्ता सुधारका कदमले सङ्कटग्रस्त अर्थतन्त्रका क्षेत्रमा सकारात्मक सुधार देखिनुका साथै प्रदेशमा १६ वटा मन्त्रालय घटाउने निर्णयले जनतामा राम्रो प्रभाव परेको छ ।”

विहीबार, ११ फागुन २०७९, १३ : ४६

प्रतिक्रिया