जनयुद्धका प्रथम शहीद रम्तेललाई कसले संझना गर्यो ?

आइतबार, १४ फागुन २०७९, १५ : ०५

काठमाडौं-  तत्कालीन नेकपा (माआवोवादी) ले २०५२ फागुन १ मा जनयुद्धको घोषणा गरेको थियो । नेपालको राजनीतिमा यो एक ऐतिहासिक र युगान्तकारी घटना थियो । हजारौं नेपाली सपुतहरुको रगतले सिंचित जनयुद्धको फल अहिले सबैले प्राप्त गरेका छन् । जनयुद्धको बिस्तार र सफलतामा गोरखाका बालक दिल बहादुर रम्तेलको नाम अविष्मरणीय रहेको छ । उनी नै जनयुद्धका प्रथम शहीद हुन । तत्कालीन सत्ताले उनलाई आफ्नै विद्यालयमा  आजकै दिन हत्या गरेको थियो । उनको शहादतले जनयुद्धको आगोमा घीय थप्ने काम गरेको थियो । आजकै दिनदेखि माओवादीका भातृसंगठनहरुले शहीद सप्ताह मनाउन थालेका हुन ।  

करिब १० वर्षसम्म चलेको जनयुद्धमा राज्य र विद्रोहीतर्फ गरेर १७ हजारको ज्यान गएको थियो भने हजारौं बेपत्ता छन् । सो विद्रोह २०६३ मंसिर ५ गते शान्ति संझौता भएपछि टुंगिएको थियो । 
 

आइतबार, १४ फागुन २०७९, १५ : ०५

प्रतिक्रिया