काठमाडौंको आकाशमै जहाजहरु

आइतबार, १४ फागुन २०७९, १८ : ०३

काठमाडौँ -  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसमका कारण हवाईजहाजहरु अवतरण हुन सकेका छैनन्।

भिजिबिलिटी कम हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय जहाजहरुले अवतरण गर्न नसकिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। अवतरण गर्न खोजीरहेका जहाजहरु आकाशमै घुमिरहेका छन्।

यस्तै नयाँ दिल्लीबाट नेपाल आएको भिस्तारा एयर र इण्डिगो एयरको जहाज भिजिबिलिटीकै कारण पुनस् दिल्ली फर्काइएको छ।

आइतबार, १४ फागुन २०७९, १८ : ०३

प्रतिक्रिया