नायक पल शाह स–सम्मान रिहा हुने

आइतबार, १४ फागुन २०७९, २१ : २८

काठमाडौं- बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।
उच्च अदालतले सफाई दिएसँगै नायक पल शाह स–सम्मान रिहा हुने भएका छन् । तल्लो अदालतको फैसला माथिल्लो अदालतबाट काटिने भएकोले यसअघि जिल्ला अदालतबाट भएको फैसला खारेज भई उनी रिहा भएका हुन् ।

उच्च अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पीडित भनिएकी युवती आफैले इजलाशमा उपस्थित भएर आफूमाथि कुनै दुव्र्यवहार नगरेको बयान दिएकी थिईन् ।

आइतबार, १४ फागुन २०७९, २१ : २८

प्रतिक्रिया