अष्ट्रेलियाको सिड्नीमा नेपाली अर्थतन्त्र र पुँजी बजार सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सोमबार, १५ फागुन २०७९, ०७ : ४५

काठमाडौँ- अष्ट्रेलियाको सिड्नी सहरमा आज नेपाली अर्थतन्त्र र पुँजी बजार सम्वन्धी एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

एनआरएनए अष्ट्रेलियाका राष्ट्रिय कोषाध्यक्ष अनिल पोखरेल, सीपीए को उपस्थितिमा एनआईबिएल एस क्यापिटल लिमिटेडका डेपुटी सीईओ मेख बहादुर थापाले उक्त कार्यक्रममा नेपाली अर्थतन्त्र र पूँजी बजारको विविध आयाम बारे सहभागीमाझ प्रकाश पारे । उक्त कार्यक्रमको संयोजन राजु पोखरेल र दीपेन्द्र पन्तले गरेका थिए ।
 
उक्त कार्यक्रममा सिड्नी शहरमा बसोबास गर्ने एनआरएन र सीए÷सीपीए समूहका सहभागीहरूको उत्साहनजक प्रतिनिधित्व थियो । कार्यक्रममा श्री थापाले नेपाली समुदायको प्रतिनिधित्व गर्ने सहभागीहरु र अन्य उत्साहीहरुलाई नेपालको पुँजी बजारमा भइरहेको प्राविधिक सुधार र अन्य पछिल्ला गतिविधिहरुका बारेमा समेत प्रकाश पार्नु भयो र विभिन्न उपकरण र लगानीका औजारहरु मार्फत नेपाली पूँजी बजारमा लगानी गर्दा हुनेअवसर र चुनौतीका बारेमा जानकारी गराए ।

उक्त कार्यक्रममा अनिल पोखरेलले एनआरएनले लामो समयदेखि निःशुल्क लगानी र राजनीतिक बाहेक अन्य अधिकारको माग गर्दै आएको नागरिकता मुद्दामा प्रकाश पारे । आवश्यक पर्दा लगानी वापतको आम्दानी सँगै पैसा फिर्ता हुनेमा पनि उनले चिन्ता व्यक्त गरे ।

सहभागीहरुले सिड्नीमा नेपाली पूँजी बजारको सम्भावना र अवसरका बारेमा जानकारी गराउनु भएकोमा मेख बहादुर थापालाई धन्यवाद दिदैं यस्ता कार्यक्रमहरु भविश्यमा समेत संचालन गर्न आग्रह गरे ।

सोमबार, १५ फागुन २०७९, ०७ : ४५

प्रतिक्रिया