सहकारीको ज्यादति कहिलेसम्म ?
काठमाडौं – सहकारीहरुको ठगी धन्दा एक एक गरी बाहिर आइरहेको छ । सहकारी संचालकहरुको मनोमानीका कारण लाखौं बचतकर्ताहरुको बेहाल भएको छ । खाइ नखाइ गरेको बचत संचालकहरुको कमाउने धन्दा बनेको छ । सहकारी पीडित आशिक मल्लले आजको अर्थसित सहकारीहरुले दिएको तनावबारे भने – ‘ सहकारीहरुले हामी आफैले राखेको पैंसा फिर्ता लिन जांदा पनि भिख मागे जस्तो बनाउंछन् । सुमेरुले दश हजार दिन एक हप्ता लगायो । अहिले त त्यही दश हजार लिन पनि दुई महिना लगाउंछ । लालीगुरांसले पांच हजार माब निकाल्न पाइने नियम बनाएको रहेछ । सुमेरु सेभिङ्गले निक्षेपकर्ताको झण्डै १५ अर्ब हिनामिना गरेको छ । पशुपति सेभिङ्गले त कुमारीपाटीमा रहेको कार्यालय नै रातारात उठाएको छ’ । सहकारीहरुले नक्कली ऋणी खडा गरेर निक्षेपकर्ताको पटमा लात हानेका छन, उनले थपे– सहकारीको ठगीका बिरुद्ध मुद्धा गर्न गयो भने उजुरी नै दर्ता हुंदैन ।
प्रतिक्रिया