पल शाह छुटे, सन्दीपले कहिले सफाई पाउलान ?

सोमबार, १५ फागुन २०७९, १३ : ५२


काठमाडौं – बलात्कार मुद्दामा सफाइ पाएपछि  दाङ निवासी चर्चित अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन्।

उनलाई उच्च अदालत पोखराले सफाइ दिएको थियो।

शाह आज जिल्ला कारागार तनहुँबाट रिहा भएका हुन्।

नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेशविरूद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा दिएको पुनरावेदनमा आइतबार भएको बहसपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको थियो। उनको सिहायसंगै सन्दीप लामीछानेले कहिले सफाई पाउलान भन्ने चर्चा सुरु भएको छ ।

सोमबार, १५ फागुन २०७९, १३ : ५२

प्रतिक्रिया