काठमाडौँ – अभिनेता पल शाह जेल परेको ठीक एक वर्षपछि जेलमुक्त भएका छन् । संयोग नै भन्नुपर्छ, २०७८ फाल्गुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका अभिनेता पल शाह २०७९ साल फागुन १५ गते रिहा भएका छन् । अदालतले उनलाई निर्दोष फैसला गरेपछि उनी रिहा भएका हुन् । नाबालिग बलात्कारको जाहेरी परे पनि पछि जाहेरी दिनेले नै ममाथि बलात्कार भएको होइन भन्ने आशयको बयान दिएपछि जिल्ला अदालत नवलपुरले पललाई जवर्जस्ती बलात्कारको केसमा त सफाई दियो तर बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् । र अन्ततस् उनी जेलमुक्त भएर खुला आकाशमुनि देखिएका छन् ।
तर पल निर्दोष छन् भन्ने फैसला त एक बर्षपछि भयो । यो बीचमा उनी १ बर्ष जेल परे । करियरमा अल्पबिराम लाग्यो, सबैतिर बेइज्जत भयो । त्यसको क्षतिपूर्ति कसले दिने ? यो १ बर्षमा पलले के के गर्न सक्थे होलान्, कति फिल्म खेल्न सक्थे, कति धेरै पैसा कमाउन सक्थे त्यसको क्षतिपूर्ति खोइ ? मन मिल्दासम्म रोमान्स हुने अनि रिस उठेपछि बलात्कार हुने नजिर स्थापित गर्न खोजेर जसले पलमाथि राजनीति गर्यो, उसलाई कारवाही खोई ? अदालतले ठहर गरेको छ, उनीसँग जाहेरी दिने पक्षको जे भयो, त्यो न बलात्कार थियो, न यौन दुर्ब्यबहार । अनि केहि पनि थिएन भने पलले जेल बस्नुपरेको क्षतिपूर्ति, उनको इज्जतमाथि कसैले लिएको हुर्मतको क्षतिपूर्ति कसैले तिर्नुपर्दैन ?
प्रतिक्रिया