भक्तपुरका अधिकांश व्यवसाय अवैध रुपमा सञ्चालित

बुधबार, १७ फागुन २०७९, १० : ००

भक्तपुर - भक्तपुर नगरपालिकाको सल्लाघारीदेखि सूर्यविनायक घलाँतेसम्मका अधिकांश पसल एवं व्यवसाय वर्षौंदेखि दर्ता विना नै सञ्चालनमा रहेको पाइएको छ ।

भक्तपुर नगरपालिका अनुगमन समितिले ३५ पसल तथा व्यवसायमा गरेको बजार अनुगमनका क्रममा सल्लाघारी, चुनदेवी र घलाँतेसम्मका ३५ वटा पसलमध्ये अधिकांश पसल दर्ता विना नै सञ्चालन गरेको पाइएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले जानकारी दिनुभयो ।

अनुगमनमा मोतीलाल दुगडको दुगड वर्ड्स एण्ड सन्स् प्रालि, ब्रदर्श रिकण्डिसन (ब्रो इन्टर प्राइजेज), सोलु खाजा घर, सूर्य गणेश इन्टरप्राइजेज, धमाका सेल, भक्तपुर ग्लास हाउस, एबिआर हार्डवेयर, शङ्कर इञ्जिनियरिङ आइरन वर्कसप, मारुती नन्दन सप्लायर्स, विविध सप्लायर्स दर्ता नै नभई सञ्चालनमा रहेको पाइएको हो ।

राम भोले ड्राइभिङ स्कुल प्रालि, न्यू सागर मोटरसाइकल वर्कसप, स्पेसल चिया खाजा पसल, वि.ए. निर्माण सामग्री सप्लायर्स, नारायणी भोजनालय, हिडेन बाइक केयर सेन्टर मोटरसाइकल वर्कसप, फ्रेण्ड्स रिकण्डिसन हब, मुक्तिनाथ कार हाउस प्रालि, द व्हील्स प्रालि, एसडिआर टेक्नो एण्ड ट्रेड प्रालि पनि दर्ता विना नै सञ्चालनमा रहेको पाइएको छ ।

विगत १० वर्षदेखि विना दर्ता अवैध रूपमा सञ्चालन भएका पसल एवं व्यवसाय र सात वर्षदेखि नवीकरण नगरेका व्यवसायलाई तीन दिनभित्र नगरपालिकामा आएर दर्ता गर्न निर्देशन दिइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।

बुधबार, १७ फागुन २०७९, १० : ००

प्रतिक्रिया