उपकार लघुवित्त वित्तीय संस्थाकाे १४औँ वार्षिक साधारणसभा आज

विहीबार, १८ फागुन २०७९, ०९ : ४४

काठमाडौँ – उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४औँ वार्षिक साधारणसभा आज गर्ने भएको छ । 


फागुन १८ गते आयोजना हुन लागेको सभा बाँकेको बैजनाथ–१ स्थित गाभर भ्याली (सामुदायिक होमस्टे)मा बिहान १० बजेदेखि सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल ६५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६१.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.२५ प्रतिशतले हुन आउने नगद लाभांश छन्। 

सभाले संस्थापक र सर्वसाधारण समूहबाट २–२ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ। सोही सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले गत फागुन ४ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ फागुन ३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

विहीबार, १८ फागुन २०७९, ०९ : ४४

प्रतिक्रिया