साना किसान विकास लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान

शुक्रबार, १९ फागुन २०७९, ०९ : ०३

काठमाडौँ –  साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितीले गरेको निर्णय अनुसार संस्थाको २४ औँ बार्षिक साधारणसभा चैत्र १० कृषि विकास बैंक केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा ११ बजेदेखि सुरु हुनेछ ।


लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १।३६ प्रतिशत नगद लाभांश गरी कुल २७।३६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभामा अध्यक्षको आर्थिक वर्ष २०७८र७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९र८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । त्यस्तै सभाले आरएमडिसी लघुवित्तसंग १००ः८७ को स्वाप रेसियोमा मर्जरमा जाने प्रस्ताव समेत पारित गर्नेछ ।
संस्थाले साधारणसभा प्रयोजनको लागि फागुन २८ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

शुक्रबार, १९ फागुन २०७९, ०९ : ०३

प्रतिक्रिया