काठमाडौँ - बिमा नियमावली, २०७९ को मस्यौदाका विषयमा शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।
कार्यक्रममा अध्यक्ष सिलवालले नेपाली बिमा कम्पनीलाई विदेशमा शाखा खोल्न दिने विषयलाई नियमावलीमा समेटिनुपर्छ, यसमा कञ्जुस्याइँ गर्न नहुने उनको भनाइ थियो । ‘धेरै नेपाली कार्यरत रहेका देशमा नेपाली बिमा कम्पनीले शाखा खोल्न सक्छन् । विदेशी बिमा सर्भेयरलाई पनि नियमावलीमा समेट्नुपर्छ,’ उनले भने ।
निर्माणको अन्तिम चरणमा रहेको बिमा नियमावली बिमा कम्पनी, पुनर्बीमा कम्पनी, बिमा सर्भेयर, बिमा अभिकर्तालगायत सरोकारवालाबाट प्राप्त सुझावहरू समेतका आधारमा बिमा नियमावली, २०७९ को मस्यौदालाई अन्तिम रूप दिई स्वीकृतिका लागि सरकारलाई बुझाइने उनले जानकारी दिए ।
बिमा व्यवसायको विकास एवम् विस्तारका लागि बिमा ऐन, नियम र निर्देशिका पूर्णरूपमा पालना गरी अगाडि बढ्न कम्पनीहरूलाई अध्यक्ष सिलवालले निर्देशन समेत दिए ।
कार्यक्रममा प्राधिकरणका अध्यक्ष सिलवालले बिमा नियमावलीले सम्बोधन गर्नुपर्ने विषयहरूका बारेमा संस्थागत रूपमा सात दिनभित्र लिखित सुझाव दिन आग्रह गरेका थिए । बिमा नियमावली, २०७९ को मस्यौदाका सम्बन्धमा बिमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग समेत छलफल गरी प्राप्त सुझावहरूका आधारमा मस्यौदालाई अन्तिम रूप दिने पनि उनले बताए ।
प्रतिक्रिया