प्रभु लाइफको घोषणा : व्यतीत बीमालेखमा लाग्ने ब्याजमा १००% छुट दिने

आइतबार, २१ फागुन २०७९, ०९ : ४४

काठमाडौँ – प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतीत बीमालेखमा लाग्ने ब्याजमा सतप्रतिशत छुट दिने भएको छ।

कम्पनीले आउँदो वैशाख ३१ गतेभित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा सतप्रतिशत छुट दिने जानकारी गराएको हो। आइतबार एक सुचना जारी गर्दै कम्पनीले यस्तो जानकारी गराएको हो ।बैंकका अनुसार ब्याज छुट गर्ने प्रयोजनका लागि २ वर्ष अगाडिदेखि व्यतीत भएका बीमालेखहरुलाई समावेश गरिने कम्पनीले स्पष्ट पारेको छ। 

यस्तो छुट बीमा अवधिभरि एकपटक मात्र प्रदान गरिने पनि कम्पनीले जनाएको छ। त्यसैले यो छुट सुविधाको फाइदा उठाई आफ्नो बीमालेख सक्रिया बनाउन कम्पनीले आग्रह गरेको छ। 

आइतबार, २१ फागुन २०७९, ०९ : ४४

प्रतिक्रिया