नेपाली उत्पादन प्रयोग गर्न विभाग र संस्थानलाई उद्योग मन्त्रालयको निर्देशन

सोमबार, २२ फागुन २०७९, १८ : ३३

 काठमाडौं  - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका कार्यालयहरुलाई नेपाली वस्तु तथा उत्पादनको उपभोग गर्न परिपत्र गरेको छ । सबै सरकारी निकायले सम्भव भएसम्म नेपाली वस्तु प्रयोग गर्ने निर्णय सरकारले गरेको भन्दै मन्त्रालयले मातहतका विभाग र संस्थानलाई यस्तो निर्देशन दिएको हो ।

१२ फागुनमा बसेको केन्द्रीय अनुगमन समितिको बैठकको निर्णयअनुसार सबै सरकारी निकायमा सम्भव भएसम्म स्वदेशी वस्तुको उपयोग गर्न प्रबन्ध मिलाउने भन्ने निर्णय कार्यान्वयन गर्न परिपत्रमा निर्देशन दिइएको छ ।

सोमबार, २२ फागुन २०७९, १८ : ३३

प्रतिक्रिया