काठमाडौँ- वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको आज बिहीबार बैठक बस्दै छ।
संघले आज बिहान साढे नौ बजे बैठक बोलाएको छ।
आजको बैठकले चैत महिनाको एक गतेदेखि लागू हुने निक्षेपको ब्याज दर बारे निर्णय गर्न बैठक बोलाइएको बुझिएको छ।
यस बैठकमा संघले यस बैठकलाई पूर्ण बैठक भनेर बोलाएको छ। बैंकहरुलाई ब्याज घटाउनु पर्ने तिब्र दबाब भएकाले पनि पूर्ण बैठक बोलाइएको बुझिएको छ।
चैत १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाउने तयारी बैंकहरुले गरेका हुन् । निक्षेपको ब्याज दर घटेपछि बैंकको लागत कम हुन्छ जसले आधार दर अर्थात् ९बेस रेट०कम हुनेछ । बेस रेटमा थप केहि प्रतिशत प्रिमियम जोडेर बैंकहरुले कर्जा लगानी गर्ने गरेका छन् । बेस रेट घटनाले ऋणको ब्याज दर पनि घट्नेछ ।
प्रतिक्रिया