एनएलजी इन्सुरेन्सले आफ्नो १७ औं वार्षिक साधारण सभा आउँदो चैत २० गते गर्ने

शुक्रबार, २६ फागुन २०७९, ०८ : २८

काठमाडौँ – एनएलजी इन्सुरेन्सले आफ्नो १७ औं वार्षिक साधारण सभा आउँदो चैत २० गते गर्ने भएको छ । 

इन्सुरेन्सले साधारण सभा आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान साढे १० बजेदेखि सुरु गर्ने निणर्य गरेको छ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफबाट  १० प्रतिशत  बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।


यस्तै, आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७९–८० को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । 

यस्तै, अधिकृत पुँजी १.५० अर्ब रुपैयाँ बाट वृद्धि गरी ३ अर्ब पुर्याइने, प्रबन्धपत्र संशोधन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्नेलगायतको योजना सभामा पेश हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । चैत १२ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

शुक्रबार, २६ फागुन २०७९, ०८ : २८

प्रतिक्रिया