काठमाडौं– नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)ले बुधबार र बिहिबार काठमाडौँमा आयोजना गरेको गोष्ठीमा ११ प्रस्तावहरु पारीत भएको छ ।
सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठीमा वक्ताहरुले सहकारीको वित्तीय सुशासनमा केन्द्रित हुन प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई सुझाव दिएका छन् । सञ्चालकहरुले बदमासी गरे त्यसको प्रतिवाद व्यवस्थापकहरुले गर्नुपर्ने समेत वक्ताहरुले सुझाव दिएका छन् ।
यस्ताे छ प्रस्तावहरु :-
1) बचत तथा ऋण सहकारीहरुको सेवा स्तरीकरण, संस्थागत दिगोपना र अलग्गै पहिचानका लागि नीतिगत वातावरण तयार गर्न बचत तथा ऋण सहकारी ऐन निर्माणका लागि ऐक्यबद्धता र आवस्यक पैरबी गर्ने ।
2) नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड ( नेफ्स्कून) का सदस्य संघ संस्थाहरुलाई जारी गरिएको एकिकृत स्वनीयमन मार्गनिर्देशन पालन गर्ने ।
3) बचत तथा ऋण सहकारीहरुको छवी संरक्षण र प्रबिधी हस्तान्तरणका लागि विकास भएका स्तरीकरण(एक्सेस, प्रोवेसन तथा कब्र्स) कार्यक्रमहरुमा सहभागि भइ संस्थागत विकास र सुदृढिकरण गर्ने ।
4) कोभिड–१९ पश्चात वृहत अर्थव्यवस्थामा आएको बदलाव र सो को बचत तथा ऋण सहकारीहरुमा परेको प्रभाववाट सदस्यहरु र संस्थाको संरक्षणका लागि संस्थाको आकार, संरचना र योजनाहरुको समिक्षा गरी सन्तुलन कायम मार्फत स्वस्थ्य र सुरक्षित साकोस निर्माण गर्न पल्र्स प्रणालीको पुर्ण कार्यान्वयन गर्ने।
5) कोभिड–१९ पश्चात तरलता लगायत कारणले संकट उन्मुख साकोसहरुको सुरक्षाका लागि स्व जागरण सहजिकरण (Self Recovery Facilitation Program- SRFP) विकास गरी संघ मार्फत कार्यान्वयन गर्ने । बचत तथा ऋण सहकारी संस्था सम्बन्धी सकारात्मक लेख रचनाहरु नियमित सार्वजनिक सञ्चारमाध्यमहरुमा प्रकाशन गर्ने ।
6) वित्तीय सहकारीको दर्शन र मुल्यमा आधारित व्यवसायिक जनशक्ति विकासका लागि निरन्तर प्रणाली, पद्धती र प्रबिधिको अवलम्बन गर्न श्रम ऐनले तोकेका सेवा सुबिधा तथा सुरक्षाका न्यूनतम शर्तहरु संस्थामा पालन गराउने र जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन नेफ्स्कून साकोस म्यानेजर्स क्लवको सहभागिताका कार्यशाला आयोजना गर्ने ।
7) बचत तथा ऋण सहकारीहरुको लागि व्यवस्था गरिएका बाध्यकारी नियामकीय प्रबन्धहरु( कोपोमिस, गो ए एम एल) पुर्णरुपमा कार्यान्वयन गर्ने र कार्यान्वयनमा कठिन भएका क्षेत्रहरुमा संघवाट सहजिकरणको व्यवस्था गराउने ।
8) वाह्य तथा आन्तरिक रुपमा देखा पर्ने जोखिमहरुको व्यवस्थापन गर्न संस्थागत पूँजी कम्तीमा पाँच प्रतिशत कायम गरी स्थिरीकरण कोषमा आबद्ध भइ नियमित जोखिम सुपरिवेक्षण गर्ने र व्यवस्थापनमा पहिला सुरक्षाको सिद्धान्त कर्यान्वयन गर्ने ।
9) न्यून लागतमा समाबेशी वित्तीय सेवा समुदायका सबै वर्गमा प्रवाह गर्न सञ्जालको साझा सेवाको रुपमा प्रबिधि विकासमा योगदान गर्ने र उपलब्ध भए सम्म सञ्जालको साझा प्रबिधिको उपयोग गर्ने ।
10) सदस्यहरुको समृद्धि र वास्तविक अर्थव्यवस्थामा नै योगदानका लागि उत्पादन र उत्पादकत्व बृद्धि गर्न पाँच करोड भन्दा माथि कारोवार गर्ने सबैले अनिवाय व्यवसाय विकास सेवा कक्ष स्थापना र जनशक्ति व्यवस्थापन मार्फत सदस्यहरुलाई व्यवसाय विकास सेवा उपलब्ध गराउने ।
11) साकोस एकरुपता प्रणाली कार्यान्वयन करारीय सम्झौता मार्फत गर्न नेफ्स्कूनसँग सम्झौता गरी कार्यान्वयन कार्यान्वयन सुनिश्चितता गर्ने र सञ्जालको सक्षमता विकासका लागि संस्थाको वित्तीय तथा गैर वित्तीय स्रोत सञ्जाल मार्फत परिचान गर्न संघ संस्थको तोकीएको तथ्याङक तोकिएको ढाँचामा तोकिएको समयमा नै उपलब्ध गराउने ।
प्रतिक्रिया