सत्तारुढ गठबन्धनको बैठक बस्दै, उपराष्ट्रपतिमा यादव र झा मध्ये एक निर्क्योल गर्ने

विहीबार, ०२ चैत्र २०७९, ०९ : २८

काठमाडौँ - सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।  

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको  सत्ता गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुटाउन नसकेपछि आज पनि बस्न लागेको हो  ।

गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहनुभएको छ ।  दुई उम्मेदवारमध्ये एक जनालाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू समझदारी बनाउने प्रयास बुधवार असफल भएपछि पुनः आज बैठक बस्न लागेको हो ।

विहीबार, ०२ चैत्र २०७९, ०९ : २८

प्रतिक्रिया