प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र गभर्नरलाई दियो सिबिफिनले सुझाव

मंगलबार, २८ चैत्र २०७९, १६ : ३९

काठमाडौँ-  बैैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) विगत केही समयदेखि बैंक तथा वित्तीय संस्था तथा कर्मचारीहरुका विरुद्धमा भइरहेका विभिन्न गतिविधि, देशको वर्तमान आर्थिक एवं बैंकिङ स्थिति र सुधारका सम्भावित उपायहरुका विषयमा सरोकारवाला निकायलाई विभिन्न सुझाव पेस गरेको छ।

सिबिफिनले प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष सुझाव पेस गरेको हो। सिबिफिनले यस विषयमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गराएको थियो। 

सिबिफिनले हिजो चैत २७ गते प्रधानमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, गभर्नरलगायत विभिन्न मन्त्रालयका सचिवसँग भएको भेटघाट तथा छलफलका विषयमा जानकारी गराउन पत्रकार सम्मेलन गरेको थियो।

कार्यक्रममा सिबिफिनले ती भेट तथा छलफलमा दिइएको सुझावका बारेमा जानकारी गराएको थियो। 

 

मंगलबार, २८ चैत्र २०७९, १६ : ३९

प्रतिक्रिया