एनबीएद्धारा ब्याजदर घटाउने निर्णय

बुधबार, २९ चैत्र २०७९, ११ : ०६

काठमाडौँ-  वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन (एनबीए) ले ब्याजदर घटाउने निर्णय गरेको छ । 

एनबीएको फूलहाउस बैठकमा सीइओहरुबीच निक्षेपको ब्याजदर घटाउने सहमति भएको बैठकस्थलबाट एक बैंकरले बिजशालालाई जानकारी दिए । 

ती बैंकरका अनुसार व्यक्तिगत मुद्दनि निक्षेपको ब्याजदर १० प्रतिशतले घटाउने निर्णय भएको हो । यो निर्णयसँगै अब मुद्दति निक्षेपको ब्याजदर एकल अंकमा झरेको छ । 

एनबीएको निर्णयअनुसार अब एक वर्षे अवधिको मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशतबाट घटेर ९.९ प्रतिशतमा झरेको छ । 

एनबीएका अध्यक्ष सुनिल केसीले सबै खालको मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.९ प्रतिशतमा झार्ने निर्णय भएको पुष्टि गरे । 

उनका अनुसार निक्षेपको ब्याजदर घटेसँगै यसले आधारदर घटाउने र यसको प्रभावले पुरानो ऋणको ब्याजदर समेत घट्दै जाने परिस्थिति सिर्जना भएको छ । 

बुधबार, २९ चैत्र २०७९, ११ : ०६

प्रतिक्रिया