अब ठाकुरले समाल्ने वाणिज्य विभागको महानिर्देशको जिम्मेवारी

बुधबार, २९ चैत्र २०७९, ११ : ३३

काठमाडौं-  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव गजेन्द्रकुमार ठाकुरलाई दिइएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मन्त्रीस्तरीय निर्णय गर्दै सोमबारदेखि ठाकुरलाई महानिर्देशको जिम्मेवारी दिएका हुन् ।

तत्कालिन उद्योग, वणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले १५ फागुनमा तत्कालीन महानिर्देशक महेश भट्टराईको सरुवा गरेका थिए । ठूला व्यावसायिक घरानाका व्यवसाय माथि अनुगमन गरेको, पोस्ता दानाको कोटा खुलाउन विभागबाट असहयोग गरेको आरोप लगाउँदै मन्त्री भण्डारीले उनको सरुवा गरेका थिए ।

अर्धन्यायिक अधिकार भएको विभाग नेतृत्व विहीन हुँदा बजार अनुगमनदेखि विभागका दैनिका कार्य नै प्रभावित भएको थियो ।

बुधबार, २९ चैत्र २०७९, ११ : ३३

प्रतिक्रिया