विकास बैंकहरुको निक्षेपको ब्याजदर घट्यो

बुधबार, २९ चैत्र २०७९, १४ : २२

काठमाडौँ- विकास बैंकहरुले पनि निक्षेपको ब्याजदर घटाएका छन् । 

बिकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसनको केहीबेरअघि सकिएको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो । 

डिबानका उपाध्यक्ष तथा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाकाअनुसार निक्षेपको ब्याजदर १ प्रतिशत विन्दूले घटाउने निर्णय भएको छ । 

विकास बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर साबिकको ११।६ प्रतिशतबाट घटाएर १०.६ प्रतिशत झार्ने निर्णय गरेका छन् । 

यस्तै, संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ८.६० प्रतिशत बनाइएको छ । 

बचतको ब्याजदर पनि साबिकमा ०.६० प्रतिशत विन्दूले घटाउने निर्णय भएको देवकोटाले जानकारी दिए । 

घटेको ब्याजदर बैशाख १ गतेदेखि लागू हुनेछ । 

 

बुधबार, २९ चैत्र २०७९, १४ : २२

प्रतिक्रिया