एफपीओ निष्काशन गर्दै किसान लघुवित्त

बुधबार, २९ चैत्र २०७९, १४ : ३३

काठमाडौँ-  किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । 

याकेट इभेन्टस, बुढानिलकण्ठ, काठमाण्डौमा सम्पन्न भएको सो सभाले प्रस्तावित ७ प्रतिशत बोनश शेयर र सोबापत लाग्ने कर प्रयोजनको लागि ०.३६८४२ प्रतिशत नगद लाभांश गरेर कुल ७.३६८४२ प्रतिशत लाभांश पारित गरेको  छ । 


.बोनश शेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी रु५० करोड ४३ लाख ६६ हजार ४६७ पुग्ने कम्पनीका अध्यक्ष लोकराज शर्माले बताए । 

कम्पनीको साधारण सभाले आ.व. ०७८र०७९ को संचालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, २०७९ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसूचीहरु, आ। व। ०७८र०७९ का लागि लेखापरिक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

कम्पनीको चौथो वार्षिक साधारण सभाले हाल कायम रहेको संस्थापक तथा सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्वमा संशोधन गर्ने निर्णय गर्दै थप सार्वजनिक शेयर (एफपीओ) निष्काशन गर्ने प्रस्तावलाई समेत सभाले सर्वसम्मतिले पारित गरेको छ । 

बोनश शेयर र थप सार्वजनिक निष्कासन पश्चात कम्पनीको चुक्तापुँजी करिब रु.६४ करोड २३ लाख पुग्ने देखिन्छ । 

सो सभाले अन्य लघुवित्तसँग एक आपसमा गाभ्ने गाभिने कार्यका लागि बाटो खुला गर्न गाभ्ने गाभिने प्रस्तावलाई पनि पारित गरेको छ ।

धनगढी, कैलालीमा केन्द्रीय कार्यालय रहेको किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्पोट कार्यालय, बुढानिलकण्ठ, काठमाडौमा रहेको छ । हाल कम्पनीले १३७ वटा शाखा मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

बुधबार, २९ चैत्र २०७९, १४ : ३३

प्रतिक्रिया