सामाजिक उत्तरदायित्वमा नबिल बैंकको नमुना योग्य अग्रसरता

बुधबार, २९ चैत्र २०७९, १५ : ०३

काठमाडौँ- नबिल बैंकले नबिल बैंक र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको सहकार्यमा नबिल एसएसई तालिममा संलग्न बिद्यार्थीलाई प्रमाण पत्र प्रदान गरेको छ । 

बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघिल्लो वर्षदेखि ‘नबिल स्कुल अफ सोसियल इन्ट्रप्रेनरसिप (नबिल एसएसई)’ कार्यक्रम सुरु गरेको हो । नबिल एसएसईअन्तर्गत सातै प्रदेशका युवाहरूलाई उद्यमशीलता विकासका लागि तीनमहिने कोर्स प्रदान गर्छ । यसका लागि बैंकले सातै प्रदेशका विभिन्न कलेजहरूसँग सम्झौतासमेत गरेको छ ।

No description available.

No description available.

पूर्व विराटनगरमा बसोबास गर्दै आइरहेका लेसान्त सापकोट BIM ,Himalaya darshan collage ko 8 th सेमेस्टरमा अध्ययनरत छन् । स्थानीय कलेजमा नै बिजनेश अफ information  म्यानेजमेन्टमा डिग्री हासिल गर्दैगरेका सापकोटालाई आफ्नै बिजनेस गर्ने रहर थियो।

 तर, उनीसँग उद्यमशीलताको सामान्य ज्ञान बाहेक कुनै कार्यानुभव थिएन। आजको अर्थ सँग कुरा गर्दै सापकोटाले भने,  म आईटीको विद्यार्थी हुँ । म्यानेजमेन्टका केही ज्ञान भए पनि सामाजिक कार्य बाहेक हालसम्म उद्यमशीलताको केही काम गर्न सकेको छैन । अब भने केही गर्ने आट बढेको छ । ‘एउटा छुट्टै खालको काइजिन सर्भिस प्रोभाइडिङ व्यवसायको योजना बनाउँदै छु । व्यवसायमा सफल हुनेमा शतप्रतिशत विश्वस्त छु’ उनले भने । 

No description available.


उसो त सापकोटामा यस्तो आत्मविश्वास बढाइदिने र उनको अचात्मबल बढाउने काम नबिल बैंकले गरेको हो । नबिल बैंक स्थापना काल देखि नै सामाजिक उत्तरदायित्वका साथै अन्य क्षेत्रमा निकै सक्रिय रहि आएको छ । बैंकले हाल सामाजिक उत्तरदायित्व अन्तर्गत ७ वटै प्रदेशमा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (एसएसई) कार्यक्रम चलाइरहेको छ ।

 जुन कार्यक्रम पूर्वको विराटनगरमा पनि सञ्चालनमा रहेको छ । सोही कार्यक्रममार्फत सापकोटाले उद्यमशीलता सम्बन्धी ज्ञान पाएका हुन् । त्यति मात्र नभई उक्त कार्यक्रमबाटै उनले व्यवसायको आइडिया, व्यवसायको सम्पूर्ण व्यवस्थापकीय ज्ञान र हौसला पाएका हुन् ।

No description available.

 ‘आफूमा कन्फिडेन्स बढेको महसुस भएको छ । अब बिजनेस गर्ने नै हो’ सापकोटाले भने, ‘घरायसीसँगै अफिसियल्ली वर्कहरुको सप्लाईको बिजनेस गर्ने हो । कन्सेप्ट अनुसार सेवाग्राहीहरु अल्पकालिन वा दीर्घकालीन रूपमा कम्पनीको सदस्य बन्न सक्छन् । जसले न्यूनतम मासिक शुल्कमा घरायसी सर्भिसिङ सेवाहरू पाउनेछन् ।’ उनले थपे, ‘यसमा बेरोजगार दक्ष कामदारहरू छन् भने त्यस्तो जनशक्तिलाई समेत कम्पनीले लिन्छ ।’उनका अनुसार प्रशिक्षण कार्यक्रममा व्यावहारिक रूपमै सिकाउने व्यवस्था छ । 

No description available.
 
उनी मात्रै नभई तालिममा संलग्न अन्य विद्यार्थीहरुले पनि तालिम बाट धेरै कुरा  सिकेको साथै बिजनेस गर्न प्रेरणा मिलेको बताएका छन् ।  

बुधबार, २९ चैत्र २०७९, १५ : ०३

प्रतिक्रिया