NMB र BYD Autto बीच सम्झौता

शुक्रबार, ०१ बैशाख २०८०, १६ : ५४

 काठमाण्डौं - बिवाईडी अटो इन्डष्ट्रीज कम्पनी लिमिटेडको नेपाल स्थित आधिकारीक बिक्रेता साईमेक्स इंक प्रा.लि. ले बिद्युतीय  सवारीका लागि NMB बैंक संग रणनीतिक बैंक वित्तिय सम्झौताको घोषणा गरेको छ । यो साझेदारीले नेपाली उपभा्ेक्ताहरुलाई प्रतिस्पर्धी वित्तिय विकल्पहरु प्रदान गरेर BYD EVs खरिद गर्न सजिलो बनाउने  लक्ष्य राखेको छ ।  NMB बैंक संगको गठबन्धनले ग्राहकहरुलाई आकर्षक ब्याजदर र सुलभ वित्तिय विकल्पहरु सहित  BYD EVs खरिद गर्न सक्षम बनाउने छ । 

साइमेक्स इंक प्रा.लि. का प्रबन्ध निर्देशक श्री यमुना श्रेष्ठ भन्छिन “विश्वभरका मानिसहरुलाई दिगो र किफायती  यातायात समाधानहरु प्रदान गर्न प्रतिबद्ध छ ।  NMB बैंक संगको यो साझेदारीले हामीलाई बिद्युतीय सवारीलाई  नेपालमा उपभोक्ताहरु माझ थप पहुँचयोग्य बनाउँन मद्दत गर्नेछ ।”  BYD बिभिन्न मोडलहरुका बिद्युतीय सवारी साधनहरु उत्पादन गर्ने अग्रणी बिश्वव्यापी निर्माता हो । यसका बिद्युतीय  सवारी साधनहरु विश्वसनीयता, सुरक्षा र कार्यसम्पादनका लागि परिचित छन । नेपालमा बिद्युतीय सवारी साधनको बढ्दो  मागसंगै यस साझेदारीले दिगो तथा गतिशिल समाधानहरु अपनाउन प्रवर्धन गर्न मद्दत गर्नेछ । 


NMB बैंकले ५ वर्षसम्मका लागि १२.४९% गिगित दरमा अनी त्यसपछिक। २ वर्षसम्म सामान्य दरमा ८०% इभी  फाइनान्सि· प्रदाि िदैछ। साईमेक्स इंक प्रा.लि. र  NMB बैंक लिमिटेड बिचको सम्झौता एक दिगो भविष्य प्राप्त  गर्नकोलागि एक ठोस कदम हो । यस वित्तिय व्यवस्थाले नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र दिशानिर्देशहरुको  पालना गर्नेछ र भरपर्दो वित्तिय विकल्प उपलब्ध गराएको सुनिश्चित गर्नेछ । 


साईमेक्सले नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी द्यथ्म् ब्ततय घ ( रु ६४.९० लाख), नेपालमा सबैभन्दा लामो  रेन्ज प्रदान गर्ने  BYD Atto 3 (रु. ५९ लाख) मा बजारमा उपलब्ध गराउँदैछ । केवल २० प्रतिशत डाउन  पेमेन्टमा ग्राहकहरुले अब भर्खरै लन्च गरिएको नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी  BYD All New  E6रु. १२.९८  लाख वा  BYD AttO 3 मात्र रु ११.८० लाखमा खरिद गर्न सक्नेछन । 


 

शुक्रबार, ०१ बैशाख २०८०, १६ : ५४

प्रतिक्रिया