एकीकृत कारोबारको मिति तय

आइतबार, ०३ बैशाख २०८०, १५ : १३

काठमाडौं - मर्जर प्रकृयामा रहेका आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले एकीकृत कारोबारको लागि अन्तिम स्वीकृति पाएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते दुई कम्पनीलाई अन्तिम स्वीकृति दिई एकीकृत कारोबार गर्न बाटो खुला गरि दिएको हो ।यी दुबै कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट आगामी बैशाख अन्तिम सातादेखि एकीकृत कारोबार शुरू गर्ने योजना बनाएको कम्पनी उच्च स्रोतले बताएको छ ।

‘हाम्रो योजना अनुसार सबै सरकारी काम समयमै सकिएमा बैशाख २७ गतेदेखि एकीकृत कारोबार गर्छौं,’ उच्च स्रोतले विकासन्युजसँग भन्यो ।बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएको कम्पनीले अब कम्पनी रजिष्टार र नेपाल धितोपत्र बोर्डबाट पनि स्वीकृत पाउनु पर्ने हुन्छ । मर्जरसम्बन्धी व्यवस्थाअनुसार कम्पनीले नियामक निकायबाट स्वीकृति पाएको एक महिनाभित्र एकीकृत कारोबार गर्नु पर्छ ।

दुई कम्पनीबीच भएको सहमति अनुसार मर्जरपछि बन्ने कम्पनीको अध्यक्ष र सीईओ दुबै आइएमई जनरल इन्स्योरेन्सका हुने छन् । यससँगै नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सीईओ युगेश भक्त बादे श्रेष्ठ बन्ने छन् । त्यस्तै, श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)हुनेछन् । रावल प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ हुन् ।काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले एकीकृत कारोबारको लागि अन्तिम स्वीकृति दिएको छ ।

एकिकृत कारोबारको लागि लामो समयदेखि छलफलमा रह्दै आएको कम्पनीलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृती प्रदान गरेको हो ।यी दुबै कम्पनीले आइपीआई पु्रडेन्सियल इन्स्योरेन्सको कम्पनीको नामबाट बैशाख अन्तिम सातादेखि एकीकृत कारोबार शुरू गर्ने योजना बनाएको कम्पनी उच्च स्रोतले बताएको छ ।

 

आइतबार, ०३ बैशाख २०८०, १५ : १३

प्रतिक्रिया