कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

मंगलबार, ०५ बैशाख २०८०, ११ : ४१

काठमाडौँ- कुमारी बैंकको ७२ हजार ६४४ कित्ता संस्थापक सेयर आज वैशाख ५ गतेबाट बिक्रीमा राखेको छ। 

यो सेयरमा भने विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। 


बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले यसमा वैशाख ११ गतेसम्म आवेदन पेस गर्न सक्नेछन्। बोलपत्र काठमाण्डौको नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलमा पेस गर्नुपर्नेछ। 

 

मंगलबार, ०५ बैशाख २०८०, ११ : ४१

प्रतिक्रिया