काठमाडौँ- छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा शान्ता शिवाकोटी नियुक्त भएकी छिन् ।
यसअघिका संस्थापक सेयरधनी नबिल बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक मनोज कुमार यादवको पदावधि समाप्त भएकोले उक्त पदमा सिवाकोटी नियुक्त भएकी हुन् ।
संस्थाको सञ्चालकमा संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने गरी शान्ता शिवाकोटी बैशाख ६ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षको लागि नियुक्त गरेको कम्पनीले नेप्से मार्फत् सुचना जारी गर्दै जनाएको छ ।
प्रतिक्रिया