एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

बुधबार, ०६ बैशाख २०८०, १६ : २५

काठमाडौं-  एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि (वैशाख ७ गते) अन्तिम दिन रहेको छ ।

 कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ वैशाख ८ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सोही प्रस्तावित लाभांश पारित गर्न कम्पनीले वैशाख १८ गते होटल क्लासिक सिमरा, बारामा बिहान ११ः३० बस्नेगरी १५औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बुधबार, ०६ बैशाख २०८०, १६ : २५

प्रतिक्रिया