सानिमा बैंकको नाफामा सुधार

विहीबार, ०७ बैशाख २०८०, १३ : ४९

काठमाडौँ - बिहीबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा गरेको छ । 

बैंकले गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा नाफा ७ प्रतिशतले बढाएको हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५९ करोड नाफा गरेको थियो ।

समिक्षा अवधिसम्म बैंकले ४ अर्ब ९३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको तेस्रो त्रैमासमा ३ अर्ब ३५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी उल्लेख्य बढेसँगै नाफामा सुधार देखिएको हो ।

यस्तै, बैंकले १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ४४ अर्ब रुपैयाँकर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा १ खर्ब ५७ अर्ब निक्षेप र १ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकको खराब कर्जा अनुपात २.२७ प्रतिशत रहेको छ भने सीडी रेसियो ८२.२९ प्रतिशत रहेको छ । गत आवको तेस्रो त्रैमासमा बैंकको खराब कर्जा ०.३८ प्रतिशत र ८७.२२ प्रतिशत सीडी रेसियो थियो । बैंकको वितरणयोग्य नाफा ८३ करोड ४० लाख रुपैयाँ रहेको छ ।

विहीबार, ०७ बैशाख २०८०, १३ : ४९

प्रतिक्रिया