नेपाल भित्रियो एक्स्यूभी ३०० को टर्बो स्पोर्ट मोडल

११ महिना अगाडि

काठमाडौं-  महिन्द्रा प्यासेन्जर कारको आधिकार विक्रेता अग्नी इनकर्पोरेट प्रालिले एक्स्यूभी ३०० को टर्बो स्पोर्ट मोडल नेपाल ल्याएको छ ।

 कम्पनीले यसअघिको तुलनामा पावरफुल इन्जिनमा एक्सयूभी ३०० नेपाल ल्याएको हो ।

यसअघि सन् २०२० मा एक्सयूभी ३०० को रेगुलर मोडल नेपाल ल्याएको भएपनि सेग्मेन्टमा रहेका टाटा नेक्सन, मारुती सुजुकी ब्रेजा, किया सोनेट र हुन्डाई भेन्यूको तुलनामा निकै कमजोर व्यापार गरेपछि यसको आयात रोकिएको थियो । तर, कम्पनीले यसअघिको तुलनामा नयाँ फिचर थप गर्दै सेग्मेन्ट कै सर्वाधिक पावरफुल इन्जिनमा एक्सयूभी ३०० नेपाल ल्याएको हो ।

अग्नी इनकर्पोरेटले नयाँ एक्सयूभी ३०० डब्लू४ भेरियन्टको मूल्य ४२ लाख ९५ हजार रुपैयाँ तोकेको छ । विभिन्न ४ भेरियन्टमा उपलब्ध हुने एक्सयूभी ३०० को डब्लू सिक्स भेरियन्टको ४९ लाख ९५ हजार, डब्लू एट भेरियन्टको ५७ लाख ५० हजार र डब्लू एट ९अप्सनल०को ६० लाख रुपैयाँ निर्धारण गरिएको छ ।

११ महिना अगाडि

प्रतिक्रिया