एक कम्पनीको संस्थापक सेयर बिक्रीमा

आइतबार, १० बैशाख २०८०, ११ : ४८

काठमाडौंँ- विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको १० हजार ५० कित्ता सेयर बिक्रीको लागि निवेदन दिपश्चात संस्थाले सो सेयर बिक्रीमा ल्याएको हो ।


संस्थाले सेयरधनी हरि प्रसाद सापकोटाको चार हजार पाँच सय ७० र लुक बहादुर रानाको पाँच हजार चार सय ८० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।


संस्थाका अनुसार उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय गैडाकोट नगरपालिका ५ मा आवेदन दिन सक्नेछन् ।

आइतबार, १० बैशाख २०८०, ११ : ४८

प्रतिक्रिया