समता घरेलु लघुवित्तको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त

आइतबार, १० बैशाख २०८०, ११ : ५६

काठमाडौँ- समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।


संस्थाको चैत २८ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार वैशाख ३ गतेदेखि लागू भई २०८१ वैशाख २ गतेसम्म बहाल हुनेगरी आरविवि मर्चेन्टलाई वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।


सोपश्चात् संस्थाको सेयर दाखिला खारेज, नामसारी लगायतका सम्पूर्ण सेयरसम्बन्धी कार्य अब आरविवि मर्चेन्टले गर्नेछ ।

आइतबार, १० बैशाख २०८०, ११ : ५६

प्रतिक्रिया