के कारण २२ हजार शिक्षकले पाएनन् चैतको पेन्सन ?

१ बर्ष अगाडि

काठमाडौँ - बजेट अपुगको कारण करिब २२ हजार शिक्षकले चैत महिनाको पेन्सन (निवृत्तिभरण)नपाएको खुलेको छ ।

निवृत्तिभरण लिने ५० हजारमध्ये ३० हजार शिक्षकले मात्र चैत महिनाको रकम पाएका छन् । बाँकी २२ हजारको निवृत्तिभरणको लागि बजेट अपुग भएको निवृत्तिभरण व्यवस्थापन कार्यालयका प्रमुख विष्णुप्रसाद खरेलले बताए ।

सरकारले वृद्धि गरेको १५ प्रतिशत तलब बढ्दा पेन्सन पनि बढ्ने भएकाले बजेट अपुग भएको प्रमुख खरेल बताउँछन् । उनी भन्छन् ‘बजेट बनाउने बेला तलबरपेन्सन बढ्छ भन्ने अनुमान थिएन । बीचमा आएर बढ्यो, त्यसले गर्दा नपुगेको हो ।’

उपत्यकाका तीन जिल्लाका साथै झापा, मोरङ, जनकपुर, भैरहवा लगायत १२ वटा जिल्लाका शिक्षकलाई पेन्सनको पैसा पठाउन बाँकी रहेको उनले बताए ।

उनका अनुसार कार्यालयले अर्थ मन्त्रालयमा पाँच अर्ब माग गरेको छ, तर आइसकेको छैन । ‘अर्थबाट बजेट दिने निर्णय भइसकेको छ । अब शिक्षा मन्त्रालय र त्यहाँबाट हामीलाई आउने हो’, उनले भने, ‘अब चाँडै समस्या समाधान हुन्छ ।’

१ बर्ष अगाडि

प्रतिक्रिया