ऋणपत्र जारी गर्दै लुम्बिनी बैंक

सोमबार, ११ बैशाख २०८०, १२ : ३९

काठमाडौँ - लुम्बिनी विकास बैंकले १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासनको अनुमति पाएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लुम्बिनी विकास बैंकलाई ‘एलबीबीएल डिबेन्चर–२०८९’ निष्कासन गर्न अनुमति दिएको हो। 

 सेबोनको अनुमतिसँगै अब लुम्बिनी विकास बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ भएको ऋणपत्र बिक्री खुला गर्नेछ। कुल इकाइमध्ये बैंकले ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ४ लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ। 

यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्। 

लुम्बिनी विकास बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ। 

 

सोमबार, ११ बैशाख २०८०, १२ : ३९

प्रतिक्रिया