एभरेष्ट बैंकको संचालकमा  श्रेष्ठ नियुक्त

सोमबार, ११ बैशाख २०८०, १५ : ११

काठमाडौं-  एभरेष्ट बैंक लिमिटेडको संचालकमा किरण कृष्ण श्रेष्ठ नियुक्त भएका छन् । बैंकको वैशाख ८ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनी समूहतर्फबाट श्रेष्ठलाई संचालक पदमा नियुक्त गरेको हो ।

यसअघि सो पदमा रहेका अरुणमान शेरचनले संचालक समिति सदस्य पदबाट राजिनामा दिएकोमा सोही संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरी श्रेष्ठलाई संचालक पदमा चयन गरेको हो ।

सोमबार, ११ बैशाख २०८०, १५ : ११

प्रतिक्रिया